इटहरीमा स्वरूप परिवर्तन र ध्वनी प्रदूषण गर्ने १० मोटरसाइकल नियन्त्रणमा
इटहरी । ध्वनी प्रदूषण नियन्त्रण तथा सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले स्वरूप परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकलविरुद्ध विशेष चेकिङ अभियान सञ्चालन गरेको छ।
पूर्व–पश्चिम लोकमार्ग (एशियन हाइवे), कोशी राजमार्ग तथा इटहरी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएको अभियानका क्रममा अवैध रूपमा स्वरूप परिवर्तन गरिएका १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


