मेची पुलमा मोटरसाइकल दुर्घटना हुंदा एक जनाको मृत्यु,एक घाइते
झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित मेची पुलमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
शुक्रबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०१-०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारीकेटमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ बस्ने ४० वर्षीय चेतन कटवालको मृत्यु भएको हो ।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका कटवाललाई उपचारका लागि तत्काल आम्दा अस्पताल धुलाबारी पठाइएको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का ३५ वर्षीय काशिनाथ पौडेल घाइते भएका छन् । उनलाई बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।


