ओखलढुंगामा चलाइयो स्वीप अपरेशन

ओखलढुंगा । ‌ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ को चार्खु, कालीबेली जंगलमा अपरिचित व्यक्तिहरु शंकास्पद तरिकाले हिँड्डुल गरेको सूचना आएपछि आज ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको कमाण्डमा स्वीप अपरेशन चलाइएको छ ।

हिजो स्थानीयले चार्खु, कालीबेली जंगलमा ४/५ जना अनुहार नचिनिने गरी छोपेका अपरिचित मानिसहरु शंकास्पद तरिकाले हिँडडुल गरेको देखेपछि प्रशासनलाई खबर गरेका थिए । त्यसलगत्तै आज प्रजिअ मंग्रातीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा स्वीप अपरेशन चलाइएको हो ।

अपरेशनमा प्रजिअ मंग्रातीको कमाण्डमा प्रहरी नायब उपरीक्षक मदन केसी, सशस्त्र प्रहरी बलका सशस्त्र पहरी नायब उपरीक्षक महेश विक्रम केसी र दुर्गाबक्स गणका प्रमुख सेनानी सुरेन्द्र देउजाको कमाण्डमा ४० जनाको टोलीले संयुक्त अपरेशन गरेको थियो ।

प्रहरीले दिएको जानकारी अनुसार शंकास्पद व्यक्तिहरूसँग हातहतियार हुन सक्ने तथा उक्त स्थानमा पछिल्लो समयमा क्रमबद्व घटेको घटनालाई मध्यनजर गरी उक्त अपरेश गरिएको हो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।