नेपाल कम्युनिस्ट पार्टी (माओवादी )धनकुटाको घोषणा पत्र सार्बजनिक

धनकुटा, २५ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी )धनकुटाले आफ्नो घोषणा पत्र सार्बजनिक गरेको छ । पार्टीले जिल्लाको उम्मेद्बार रबिन कुमार राईको उपस्थितिमा पत्रकार सम्मेलन गरेर आफ्नो ६ बुंदे घोषणा पत्र सार्बजनिक गरेको हो ।

माओवादीले आगामी निर्वाचनलाई लक्षित गर्दै धनकुटा केन्द्रित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा दलाल पुँजीवादी विकास मोडेलको विकल्पमा उत्पादनमुखी, समाजवादी र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारिएको छ।

पार्टीले संसदीय सुधारवादले मात्रै जनताको समस्या समाधान नहुने उल्लेख गर्दै किसान, मजदुर, युवा र श्रमिक वर्गको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाएको छ। नेपाली विशेषतामा आधारित समाजवाद निर्माण नै आफ्नो दीर्घकालीन लक्ष्य रहेको घोषणापत्रमा उल्लेख छ।

घोषणापत्रमा धनकुटाका प्रमुख समस्या किसानले उत्पादनअनुसार मूल्य नपाउनु, बिचौलियाको नियन्त्रण, बेरोजगारी, युवा विदेश पलायन, शिक्षा र स्वास्थ्यमा पहुँचको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याइएको छ।

वैज्ञानिक कृषि प्रणालीमा जोड
माओवादी केन्द्रले परम्परागत र अवैज्ञानिक कृषि प्रणालीको अन्त्य गर्दै किसानको स्वामित्वमा आधारित वैज्ञानिक कृषि प्रणाली विकास गर्ने नीति लिएको छ। माटो, पानी र जलवायुअनुसार उत्पादन योजना, बाली चक्र प्रणाली, स्थानअनुसार उपयुक्त जात र प्रविधिको प्रयोग तथा माटो संरक्षणलाई प्राथमिकतामा राखिएको छ।

बीउ आत्मनिर्भरता कार्यक्रमअन्तर्गत स्थानीय र उन्नत बीउ उत्पादन तथा वितरण, सामुदायिक बीउ बैंक स्थापना, बहुराष्ट्रिय बीउ कम्पनीमा निर्भरता अन्त्य गर्ने उल्लेख छ। सिँचाइ व्यवस्थापनमा थोपा सिँचाइ, वर्षा पानी संकलन, कुलो–नहर विस्तार र पानीको दिगो उपयोग प्रणाली विकास गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।

जैविक मल र सन्तुलित पोषण व्यवस्थापनमार्फत रासायनिक मलको निर्भरता घटाउँदै माटोको जैविक स्वास्थ्य संरक्षण गर्ने नीति पनि अघि सारिएको छ। रोग, किरा र झारको वैज्ञानिक नियन्त्रण तथा जैविक विषादी प्रयोगमा जोड दिइएको छ।

रोजगारी, सडक र स्थानीय विकास
घोषणापत्रमा युवा रोजगारी र उत्पादन अभियान सञ्चालन गरी कृषि, उद्योग, पर्यटन र निर्माण क्षेत्रमा युवालाई श्रम र उत्पादनसँग जोड्ने उल्लेख छ। सीपमूलक तालिम, सहकारी तथा सामूहिक उत्पादन प्रणाली विकास, बिचौलिया नियन्त्रण र राज्यद्वारा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको छ।

यातायात पूर्वाधारअन्तर्गत प्रत्येक बस्तीमा सबै मौसममा सञ्चालन हुने सुरक्षित सडक, कृषी तथा उद्योगमैत्री सडक, अन्तरजिल्ला जोड्ने सडक र खोलानालामा मोटरेबल पुल निर्माण गर्ने नीति अघि सारिएको छ।

राष्ट्रिय स्वाधीनता र संघर्ष
माओवादी केन्द्रले साम्राज्यवादी हस्तक्षेप र विस्तारवादको विरोध गर्ने, एमसीसीको बिरोध, मिटरब्याज, लघुवित्त तथा सहकारी पीडितका पक्षमा संघर्ष गर्ने र जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा सडकदेखि संसद्सम्म आवाज उठाउने जनाएको छ।

शहीद, बेपत्ता र घाइते परिवारप्रति प्रतिबद्धता
घोषणापत्रमा शहीद परिवारलाई राज्यबाट आधिकारिक सम्मान, निःशुल्क शिक्षा र स्वास्थ्य सेवा, रोजगारी तथा सामाजिक सम्मान सुनिश्चित गरिने उल्लेख छ। बेपत्ता परिवारको सत्य निरूपण, कानुनी पहिचान र सामाजिक सुरक्षाका लागि विशेष कार्यक्रम सञ्चालन गरिने बताइएको छ। द्वन्द्वकालीन घाइते तथा अपांगलाई निःशुल्क उपचार, पुनर्स्थापना र सामाजिक सुरक्षा प्रदान गरिने प्रतिबद्धता पनि समेटिएको छ।

अन्त्यमा माओवादी केन्द्रले किसान, श्रमिक, युवा र उत्पीडित वर्गलाई दलाल पुँजीवादको विकल्पका रूपमा आफूलाई समर्थन गर्न आग्रह गर्दै समाजवादी व्यवस्था निर्माणका लागि गुलाव चिन्हमा मतदान गरि निर्वाचनमा साथ दिन आह्वान गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।