सुनसरीको सिमानाकाबाट पेस्तोल र ३ राउन्ड गोली सहित भारतीय नागरिक पक्राउ
सुनसरी । सशस्त्र प्रहरीको बीओपी श्रीपुरकाे टाेलीले काेशी गाउँपालिका ३ जमुवा सीमा क्षेत्रबाट भारत अररियाका वर्ष ३६ काे राम खेलन पासवानलाई पेस्ताेल र गाेली सहित नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिकाे साथबाट पेस्ताेल र गाेली सहित ब्राउन सुगर सहितका लागुओेैषध समेत बरामद भएकाे छ ।
नम्बर ४ गण सुनसरीका एसपी श्याम कुमार कार्कीका अनुसार बराह बाहिनी पकलीका डीआईजी मनिष थापाकाे निर्देशन बमोजिम नाकामा कडाई सहित बढाइएको निगरानीका क्रममा हतियार सहितका व्यक्ति पक्राउ पर्न सफल भएकाे हाे ।
एसपी कार्कीले चुनावलाई लक्षित गरी सीमा नाकामा थप कडाइ गरिएकाे बताउनु भएकाे छ ।

