शैल्यशिखरकी ७१ वर्षीया लक्ष्मी जोशी हत्या काण्ड : यस्तो छ नालीबेली

दार्चुला । दार्चुलाको शैल्यशिखरमा गहना लुट्ने उद्देश्यले गरिएको लुटपाटपछि ७१ वर्षीया वृद्धा महिलाको हत्या भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–८ तल्चौरकी ७१ वर्षीया लक्ष्मी जोशीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दार्चुला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट कानमा लगाउने सुनका दुई थान मुन्द्री, एक थान नाकको मुन्द्री र एक थान नाकको फुली बरामद गरिएको छ। प्रहरीको अनुसन्धानबाट जोशीको हत्या गरी गहना लुटपाट गरिएको खुलेको प्रहरीले जनाएको ।

यस्तो छ घटनाको नालीबेली

गत माघ २७ गते तल्चौर घर भई देवलस्थित खर्कमा बस्दै आएकी जोशी आफ्नै खर्कको पछाडि मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको गम्भीरता हेर्दै थप अनुसन्धानका लागि नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई पदम थापाको नेतृत्वमा विशेष अनुसन्धान टोली पनि खटाइएको थियो। सई थापा सुदूरपश्चिम क्षेत्रमा जघन्य अपराध अनुसन्धानमा दक्ष प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।

सोतका अनुसार पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउद र बैतडी घर भएका २३ वर्षीय गोपाल नाथ रहेका छन्। प्रहरीकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनका सहयोगीका रूपमा काम गर्थे।

उनीहरू मध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भाेगेका थिए। उनीहरू लागूऔषध दुर्व्यशनीमा समेत संलग्न रहेको खुलेकाे प्रहरीले जनाएको छ।

उनीहरू मृतककै छिमेकी भएको खुलेको छ। फागुन ३ गतेदेखि दार्चुलाको गोकुलेश्वरमा लाग्ने मेलामा लागूऔषध बिक्री गर्ने योजना बनाएका उनीहरूले त्यसका लागि पूँजी जुटाउन लुटपाट गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको हो।

उनीहरूको योजना अनुसार धनगढी हुँदै भारतबाट लागूऔषध ल्याएर गोकुलेश्वर मेलामा बिक्री गर्ने तयारी थियो। प्रहरीका अनुसार लुटपाटको योजना फागुन २४, २५ र २७ गतेसम्मका लागि बनाइएको थियो। तर लुटपाटका क्रममा नै उनीहरूले जोशीको हत्या गरेका हुन्।

अनुसन्धानका क्रममा गोपाल नाथले तीन दिनसम्म एउटै व्यक्तिसँग पटक–पटक फोन सम्पर्क गरेको सिडिआर फेला परेपछि अनुसन्धानको सुई उमेश साउदतर्फ मोडिएको थियो। त्यसपछि सोधपुछका क्रममा घटनाको वास्तविकता खुलेको स्रोतले जनाएको छ।

हत्यापछि लुटिएका गहना डिलासैनी गाउँपालिका–६ स्थित कृष्ण प्राथमिक विद्यालयको भवनमा लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो।

अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीका अनुसार एक प्रतिवादीले स्वीकारोक्ति दिएपछि घटनाको सफल अनुसन्धान सम्भव भएको हो। प्रहरी अनुसन्धानबाट मृतकका श्रीमानका दुई विवाह भएको र जोशी जेठी श्रीमती भएको खुलेको छ। उनी एक्लै बस्दै आएकी थिइन्।

साथै, जोशीले घटना हुनुभन्दा करिब एक महिनाअघि देखि लुटपाटको शंका गर्दै नेपाल प्रहरीको आकस्मिक सेवाको १०० नम्बरमा पटक–पटक फोन गर्दै आएको तथ्य पनि अनुसन्धानबाट खुलेको छ। यही सूचनाका कारण प्रहरीले घटनाको छिटो अनुसन्धान गर्न सफल भएको जनाइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।