निर्बाचन हुनेमा आशंका छैन : मन्त्री पराजुली

धनकुटा ,२ फागुन ।कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले आसन्न आम निर्वाचनको सबै तयारी पुरा भएकोले अब चुनाब हुन्नकी भन्ने कुरा भ्रम मात्र भएको बताउनु भयो।

प्रेस चौतारी नेपाल धनकुटाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पराजुलीले निर्वाचनको सबै तयारी भइसकेकोले निर्वाचनलाई स्वच्छ रूपमा सम्पन्न गराउन कोशी प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

उहांले सामाजिक सञ्जालमा आएका भ्रामक सामग्रीका कारण निर्वाचनप्रति अनावश्यक शंका उत्पन्न भईरहेपनि यस विषयमा केन्द्र र प्रदेश आवश्यक नियमन तथा अनुगमनको काम अघि बढाइएको उहांले जानकारी दिनुभयो ।

प्रदेशका सबै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा राखेर प्रदेशको निर्वाचन सफल बनाउन सरकार चुनाब केन्द्रित भएर काम गरिरकेको उहाको भनाई छ ।

मन्त्री पराजुलीले सामाजिक सञ्जालको चर्चा धेरै भएपनि नयाँ दलहरूमा निर्वाचन अभ्यासको कमि देखिएकाले आचारसहिता उल्लंघनका घटनाहरु बढिरहेको जिकिर गर्नुभयो ।

केही कानुन अभावको मौका छोपेर सामाजिक सन्जाल मार्फत चुनाव प्रभावित गराउन खोज्नेहरुलाई कानुनी कारवाहीको तयारी भईरहेको मन्त्री पराजुलीले जानकारी दिनुभयो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।