अध्यक्ष ओलीलाई मत दिनुपर्ने ३० कारण जारी

झापा । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई मत हाल्नैपर्ने ३० वटा कारण अघि सारेको छ । पार्टीको झापा क्षेत्र नम्बर- ५ क्षेत्रीय कमिटीले प्रकाशन गरेको अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षादेखि शिक्षक दरबन्दी मिलानसम्मका विषयहरू समेटिएको छ ।

केपी शर्मा ओलीलाई नै भोट किन भन्ने शीर्षकको अपिलमा खस्किएको मनोबल उठाउनका लागि ओलीलाई जिताउनुपर्ने उल्लेख गरिएको छ । ‘देशमा छाएको त्रासको वातावरण अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्दछ ।’ अपिलमा भनिएको छ– ‘झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरूलाई सम्पन्न गर्नका लागि केपी ओलीलाई मत दिन अपिल गरिन्छ । ’

एमालेको अपिलमा नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराइ युवामा सीपमूलक विकास गर्दै स्वरोजगारको अभिवृद्धिका लागि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । ओलीलाई जिताएर सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन र कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन पनि केपी ओलीको आवश्यकता रहेकोले ओलीलाई मतदान गर्न अनुरोध गरिएको छ ।

निर्माणाधीन एसियन हाइ वे, मध्य पहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग र हुलाकी सडकका अधुरो निर्माण सम्पन्न गर्नका लागि पनि ओलीलाई मतदान गर्न आह्वान गरिएको छ । यसैगरी दमकको मुख्य आर्थिक र मानवीय स्रोतको रुपमा रहेको दमक–रवि सडक–चिसापानी सडक निर्माण सम्पन्न गरी जनताको जीवनस्तर उकास्नका लागि पनि अध्यक्ष ओलीलाई निर्वाचित गर्न माग गर्दै एमालेले अपिल जारी गरेको छ ।

‘नेपाल चीन मैत्री औद्योगिक पार्क निर्माण कार्य सम्पन्न गर्न ओलीलाई यस क्षेत्रबाट निर्वाचित गर्नुपर्दछ’ अपिलमा भनिएको छ ‘दमक, गौरादह र गौरीगञ्ज बजारलाई आधुनिकीकरण गर्दै स्मार्ट सिटीको रूपमा विकास गर्नका लागि ओलीलाई मतदान गर्नुपर्दछ ।’

भूमिहीन, दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न पनि एमालेले ओलीलाई मतदान गर्नका लागि अनुरोध गरेको छ । एमालेका केन्द्रीय सदस्य दीपक कार्कीका अनुसार रतुवा, मावा, कमल लगायतका खोलाको तटबन्धन कार्य पुरा गर्नका लागि पनि ओलीलाई जिताउन आम मतदातासँग आह्वान गरिएको हो ।

यसै गरी दमक, गौरादह र गौरीगञ्जका सबै स्थानीय तहका अस्पतालमा सहज सेवा विस्तारका लागि पनि ओलीलाई मत दिन आह्वान गरिएको कार्कीले बताए । ‘केपी ओली र झापा ५ एक अर्काका परिपूरक हुन् ’ कार्कीले भने, ‘उहाँले गरेका विकास निर्माणका काम, उहाँले प्रत्यक्ष रूपमा चिनेका मतदाता, भूमिगत कालमा बसेका सेल्टर दाताहरूसँगको सामिप्यताले उहाँले चुनाव सहजै जित्नुहुन्छ । ’

कार्कीका अनुसार पार्टीले मतदातालाई अध्यक्ष ओलीले गरेका काम कारबाहीहरूबारे स्मरण गराउनका लागि अपिल जारी गरिएको हो ।

‘अपिलमा मुख्य मुख्य विषयहरू समेटिएकोले घरदैलोमा गएका पार्टीका कार्यकर्तालाई पनि मतदातालाई कुरा बुझाउन सजिलो सामग्रीको रूपमा पनि प्रयोग भएको छ ’ कार्कीले भने– ‘यस्तो अपिल परिवार सङ्ख्याका आधारमा एउटा वडामा कम्तीमा १५ सय वटा बाँडिन्छन् ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।