झापा ५ मा बालेनको फराकिलो अग्रता
झापा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन्।
शुक्रबार साँझसम्मको मतपरिणामअनुसार बालेन शाहले १३ हजार ६५४ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३ हजार ११ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार बालेन शाहले ओलीभन्दा १० हजार ६४३ मतले अग्रता बनाएका छन्। झापा–५ मा मतगणना प्रक्रिया अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।


