चितवन-२ मा भारी मतान्तरले रवि लामिछाने विजयी

काठमाडौ । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। उनी यसअघिका भन्दा धेरै मत लिएर वियजी भएका हुन्। शनिबार प्राप्त मत परिणाममा उनले ५४ हजार ४०२ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा जम्मा मत ८७ हजार ०२८ मत गणना भएको थियो। लामिछानेका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन्।

लामिछाने र खरेलबीचको मतान्तर ३९ हजार ८३८ छ। चितवन-२ मा नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२, नेकपाका प्रताप गुरुङले ४ हजार ९६९ मत प्राप्त गरेका छन्।

लामिछाने २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट ३४ हजार २ सय ८१ मतान्तरसहित निर्वाचित भएका थिए। त्यतिखेर उनका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्रेसका उमेश श्रेष्ठ थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।