धनकुटामा अग्रता बढाउंदै एमाले ,पछ्याउंदै श्रम संस्कृति पार्टी
धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता कायमै राखेका छन् ।
एमालेका राईले ९२३८ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७०२५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ५६५६ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ४४०६ मत प्राप्त गरेका छन् ।


