धनकुटा मतगणना अपडेट : निरन्तर मतान्तर फराकिलो बनाउंदै एमालेका राई ,पछ्याउंदै श्रम संस्कृति पार्टी
धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता कायमै राखेका छन् ।
हाल सम्म सम्पन्न मतगणना परिणाम अनुसार एमालेका राईले ११६३६ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ७७१६ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ७१२२ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ६७१३ मत र नेकपाका धर्मराज पौडेलले १३०६ प्राप्त गरेका छन् ।


