धनकुटामा १३ हजार ७ सय ७३ मत सहित एमाले उम्मेदवार राईको अग्रता कायमै ,पछ्याउंदै श्रम संस्कृति पार्टी
धनकुटा,२३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत जारी मतगणनामा नेकपा एमालेका राजेन्द्र कुमार राईले अग्रता कायमै राखेका छन् ।
हाल सम्म सम्पन्न मतगणना परिणाम अनुसार एमालेका राईले १३७७३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर राईले ९६९५ मत प्राप्त गर्दै पछ्याइरहेका छन् ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवार दिनेश राईले ८५१६ मत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले ७०५८ मत र नेकपाका धर्मराज पौडेलले १४११ मत प्राप्त गरेका छन् ।


