धनकुटाको सांगुरीगढी नाम्जे स्थित रवि राके निर्माणाधिन भित्रि सडक खण्ड संचालनमा
धनकुटा,४ चैत । धनकुटाको सांगुरीगढी ३ नाम्जे स्थित रवि राके निर्माणाधिन भित्रि सडक खण्ड संचालनमा आएको छ ।
गत फागुन २९ गते रवि राके निर्माणाधिन भित्रि सडक खण्डमा माथीबाट पहिरो खसेर वाटो अवरुद्द भएको थियो ।
निर्माणाधिन ईन्डियन कम्पनी APCO INFRATECH PVT.LTD. र नेपाल प्रहरीको सहकार्यमा उक्त अबरोध बाटो पटक पटक खुलाउने प्रयास भएकोमा आज बिहानबाट पहिरो हटाइ बाटो पुर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

