धनकुटा र झापाबाट लागूऔषध सहित ४ जना पक्राउ

विराटनगर, असोज ३ गते । झापा र धनकुटाबाट प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

असोज २ गते झापाको दमक नगरपालिका–५ मा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा दमक–५ का सुजन माझी, सुविन कुमाल र कुलप्रसाद सिवाकोटीलाई पक्राउ गरेको हो।

चेकजाँचका क्रममा सुजन माझीको साथबाट लुकाइछिपाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय धनकुटाले महालक्ष्मी नगरपालिका–८ घर भई हाल धनकुटा नगरपालिका–६ मा बस्दै आएका उज्वल थापालाई प्रतिबन्धित लागूऔषध ट्रामाडोल र स्पास्पेन गरी जम्मा ४०८ क्याप्सुलसहित उनकै घरबाट पक्राउ गरेको छ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।