नेविसंघ अध्यक्षमा धनकुटाकी करुणा कटुवाल

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिले दिएको म्याण्डेटअनुसार पार्टी सभापति गगन थापाले नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल, नेपाल तरुण दलको अध्यक्षमा काठमाडौंका मनिष कोइराला र नेपाल महिला संघको अध्यक्षमा चितवनकी मीना खरेललाई नियुक्त गरेका छन्।

उनीहरूलाई महाधिवेशन गराउनेगरी जिम्मेवारीसहित नयाँ जिम्मेवारी दिइएको जनाइएको छ । नेविसंघको २०७३ पछि महाधिवेशन हुन सकेको छैन । तरुण दलको पनि २०७३ पछि नियमित अधिवेशन हुन सकेको छैन । नेपाल महिला संघको पनि २०७३ पछि महाधिवेशन हुन सकेको छैन ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले १३ वटा भ्रातृ संस्थामध्ये पाँच वटाको कार्यसमिति विघटन गरेको थियो । कांग्रेसले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थाहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने समयसीमा दिएको थियो ।

तर, पार्टीले दिएको कार्यादेश अनुसार निर्देशक समिति बनाउँदा पनि महाधिवेशन गर्न नसकेको र अधिवेशन समेत गर्न सक्ने आधार नदेखिएपछि केन्द्रीय कार्यसमितिले म्याद नथप्दा पाँच भ्रातृ संगठनका केन्द्रीय कार्यसमिति स्वतः विघटन भएका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।