पुष्प राज पाण्डेयकृत कथा संग्रह किनारको गृहविमोचन

धनगढी । साहित्यकार पुष्प राज पाण्डेयको कथासंग्रह किनारको धनगढीमा एक समारोहबीच गृहविमोचन गरिएको छ।

सुदुर पश्चिमाञ्चल साहित्य समाजको आयोजना एवं ऐश्वर्य विद्या निकेतन र ऐश्वर्य बहुमुखी क्याम्पसको सहकार्यमा शनिबार सम्पन्न कार्यक्रमबीच उक्त कृतिको गृहविमोचन गरिएको हो।

मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, धनगढी उप-महानगरपालिका पूर्वनगर प्रमुख नृप वड, ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेश पन्त, कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख लोक बहादुर बिष्ट, दुर्गाक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमूख नरेन्द्र बहादुर ऐर, ऐश्वर्य विद्या निकेतनका प्राचार्य सञ्जय पन्त, ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमूख एवं दशरथ चन्द मेडिकल विश्वविद्यालयका सिनेट सदस्य धर्मदेव भट्ट, कैलाली जनपुस्तकालयका अध्यक्ष शिव राज ओझा, प्राज्ञ वाशुदेव पाण्डेय, प्राज्ञ एवं लोकगायक यज्ञराज उपाध्याय र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक गणेश राज जोशीले कृति संयुक्त रुपमा विमोचन गरेका थिए।

कथासंग्रहमाथि निवन्धकार गणेश राज जोशी, कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक एवं विश्लेषक सिताराम भट्ट र साहित्यकार एवं समीक्षक नरेन्द्र भट्टले प्रकाश पारेका थिए।  समीक्षक जोशीले पुस्तकमा संग्रहित सत्रवटै कथा उत्कृष्ट रहेको बताए।

समीक्षक सिताराम भट्टले केही सामान्य कमजोरी भए पनि पुस्तक नेपाली साहित्य क्षेत्रको एक अब्बल कृतिको रुपमा आएको बताए।

त्यसरी गरी समीक्षक नरेन्द्र भट्टले कथा मार्मिक हुनुका साथै किनारीकृत नारीका आवाजलाई उठान गरको बताए। उनले शैली र शब्द चयनमा लेखकको प्रतिभा झल्केको टिप्पणी गरेका थिए।

लेखक पाण्डेयले पनि आफ्ना अनुभुति साटेका थिए। उनले अधिकांश कथा वास्तविक घटनामा आधारित रहेको बताए। उक्त कार्यक्रमको सञ्चालन प्रेम विवश चन्दले गरेका थिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।