कोसी प्रदेश लोकसेवा आयोगमा दुई सदस्य नियुक्त

विराटनगर । कोसी प्रदेश लोकसेवा आयोगमा दुई जना नयाँ सदस्य नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आयोगका रिक्त दुई सदस्य पदमा नियुक्ति गरेका हुन्।

प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको संयोजकत्वमा गठित समितिको सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङले उक्त नियुक्ति गरेका हुन्। प्रदेश लोकसेवा ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम विराटनगर–३, मोरङकी रूपा थापा ओझा र उर्लाबारी–५, मोरङका भीमबहादुर सुब्बा (फुदोङ) लाई सदस्य पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

नवनियुक्त सदस्यद्वयले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा आयोजित विशेष समारोहमा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नवनियुक्त सदस्यहरूलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (८) बमोजिम शपथ गराइएको हो।

उक्त शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सिर्जना दनुवार, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।