अष्टलक्ष्मीले मागिन् ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छन्। जारी सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व छाड्न बहुमत पदाधिकारीले दबाब दिइरहेका बेला पूर्वउपाध्यक्ष समेत रहेकी शाक्यले पनि सोही मागमा ऐक्यबद्धता जनाएकी हुन्। 

उनले “सास रहुन्जेल एमालेको अध्यक्ष भइराख्ने” ओलीको सोच गलत भएको टिप्पणी गरेकी छन्। ‘कमरेड अध्यक्ष केपी शर्मा ओली, तपाईंले नेकपा एमालेको अध्यक्ष पदमा रहेर तीन कार्यकाल नेतृत्व गरिसक्नुभएको छ। यति बेला कमरेडले कार्यकर्ताको भावना बुझ्न जरुरी छ। निर्वाचन पश्चात् गौरवपूर्ण इतिहास बोकेको एमाले आज कमजोर स्थितिमा पुगेको छ। यसलाई पुनः आन्दोलनको नेतृत्वदायी भूमिकामा पुर्‍याउन जरुरी छ,’ उनले भनिन्।

पार्टी कमजोर अवस्थामा पुग्दा समेत ओलीको दम्भ, घमन्ड र गुटगत सोचमा कुनै परिवर्तन नआएको शाक्यको आरोप छ। ‘एमाले लाखौँ कार्यकर्ताहरूको बलिदान, त्याग र सङ्घर्षबाट बनेको पार्टी हो। यो पार्टी तपाईँको मात्र पेवा होइन र तपाईँको गुटको कम्पनी पनि होइन। त्यसैले सास रहुन्जेल अध्यक्ष भइराख्ने सोच गलत छ। २१औँ शताब्दीको आजको माग भनेको विचार, सामूहिकता, सङ्घर्ष र इमानका आधारमा पार्टी नेतृत्व गर्नु हो,’ उनले भनिन्।

अब युवा पुस्तालाई विश्वास गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै शाक्यले ओलीलाई जारी बैठकबाटै ससम्मान अध्यक्ष पदबाट बिदा लिन सुझाव दिएकी छन्। 

व्यक्तिको गुणगान र चाकरीमा खर्च गर्ने समय नभएको उल्लेख गर्दै उनले देश र जनताको हितमा निःस्वार्थी भावनाका साथ काम गरेर मात्रै एमालेलाई पुनर्जीवित गर्न सकिने दाबी गरिन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।