साहित्यकार महेन्द्र न्यौपानेको ‘चुनावी सेरोफेरो’ लघुकथा संग्रह माथि विराटनगरमा बहस

विराटनगर । समकालीन राजनीति, चुनावी संस्कार र सामाजिक यथार्थलाई केन्द्रमा राखेर लेखिएको साहित्यकार महेन्द्र न्यौपाने को लघुकथासंग्रह ‘चुनावी सेरोफेरो’ माथि विराटनगरमा सशक्त साहित्यिक विमर्श सम्पन्न भएको छ ।

नेपाली लेखक संघ कोशी प्रदेश समितिको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, राजनीति र समाजबीचको अन्तर्सम्बन्धलाई गम्भीर रूपमा केलाउँदै वक्ताहरूले संग्रहलाई वर्तमान चुनावी संस्कृतिको यथार्थ चित्रण गर्ने प्रभावशाली कृति भएको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार तथा पत्रकार गिरिराज आचार्यले नेपाली समाजमा चुनाव केन्द्रित प्रवृत्ति, राजनीतिक स्वार्थ र नागरिक चेतनाको अवस्थालाई लघुकथामार्फत सशक्त रूपमा उठान गरिएको टिप्पणी गरे । उनले साहित्य केवल मनोरञ्जन नभई समाजलाई दिशाबोध गराउने माध्यम भएको उल्लेख गर्दै यस्ता कृतिले लोकतान्त्रिक संस्कृतिको विकृत पक्ष उजागर गर्ने बताए ।

संघका प्रदेश अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संग्रहमाथि समालोचनात्मक टिप्पणी गर्दै साहित्यकार कृष्ण अधिकारीले ‘चुनावी सेरोफेरो’ ले चुनावका बेला देखिने आश्वासन, अवसरवाद, सत्ता–मानसिकता र जनअपेक्षाबीचको द्वन्द्वलाई तीक्ष्ण शैलीमा प्रस्तुत गरेको धारणा राखे ।

उनका अनुसार संग्रहका लघुकथाहरू छोटा भए पनि तिनले बोकेको राजनीतिक सन्देश, व्यङ्ग्य चेतना र सामाजिक यथार्थ गहिरो रहेको छ । “लोकतन्त्रको नाममा विकसित हुँदै गएको विकृति र आमनागरिकको निराशालाई लेखकले सरल तर प्रभावकारी भाषामा उतारेका छन्,” उनले भने ।

कार्यक्रममा कविराज न्यौपाने, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, साहित्यकार विश्वराज अधिकारी, कृष्ण पोखरेल तथा बलराम पोखरेललगायतले संग्रहको संरचना, भाषाशैली, व्यङ्ग्य चेतना र समसामयिक सान्दर्भिकताबारे विश्लेषणात्मक धारणा प्रस्तुत गरेका थिए ।
वक्ताहरूले नेपाली राजनीतिमा चुनाव केन्द्रित अस्वस्थ प्रतिस्पर्धा, मूल्यहीनता र जनअपेक्षामाथिको खेललाई साहित्यले प्रभावकारी रूपमा दस्तावेजीकरण गर्न थालेको उल्लेख गर्दै ‘चुनावी सेरोफेरो’ त्यसैको प्रतिनिधि कृतिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

फ्लोरबाट साहित्यकारहरू त्यस्तै साहित्यकार शुक्रराज कुवर, श्रीप्रसाद पोखरेल, रमेन्द्र कोइराला, सीता रेग्मी, सरिता भट्टराई, रोशन पराजुली, राजन कार्की, शरदा दाहाल भण्डारी, कृष्णप्रसाद भण्डारी मार्सेलली डा। हरिहर भण्डारी, रमेश काफ्ले, भवानीप्रसाद पोखरेल, निर्मला कोइराला, दिङलाली कान्छो, पुष्पा सायरा, मुनाल पोखरेल, स्वयम्भूनाथ कार्की, सीमा आभास, चूडामणि नेपाल अकिञ्चनलगायतले संग्रहका विषयवस्तु, पात्र निर्माण र राजनीतिक व्यङ्ग्य चेतनामाथि जिज्ञासा तथा धारणा राखेका थिए ।

कार्यक्रममा लेखक महेन्द्र न्यौपानेले आफूले समाजमा देखिएका राजनीतिक व्यवहार, चुनावी संस्कार र आमनागरिकका अनुभूतिलाई लघुकथामार्फत अभिव्यक्त गर्ने प्रयास गरेको बताए । उनले साहित्य समाजको ऐना भएकाले समयका विकृति र विसंगतिमाथि निरन्तर लेखिरहनुपर्ने धारणा राखे ।

संघका प्रदेश महासचिव मीनकुमार नवोदित र कोषाध्यक्ष लक्ष्मी रायमाझीले सञ्चालन गरेको कार्यक्रममा सचिव बासुदेव पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।