१५औं महाधिवेशन तयारीमा कांग्रेस, सात प्रदेशमा नेताहरूलाई विशेष जिम्मेवारी

काठमाडौं। नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको आन्तरिक तयारीलाई तीव्र पारेको छ। मंगलबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’को बैठकले क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नवीकरण गर्ने र जिल्लास्तरमा देखिएका विवाद सुल्झाउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेको हो।

पार्टी सभापति गगनकुमार थापाको विशेष उपस्थिति तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले सांगठनिक संरचनालाई चलायमान बनाउन विभिन्न संगठनात्मक निर्णय गरेको कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत गतिमा अगाडि बढाउन कांग्रेसले सातै प्रदेशमा अनुगमनका लागि केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ।

जसअनुसार कोशी प्रदेशमा डा. डिला संग्रौला, मधेस प्रदेशमा देवराज चालिसे, बागमती प्रदेशमा बहादुर सिंह लामा र गण्डकी प्रदेशमा मुक्ताकुमारी यादवलाई जिम्मेवारी दिइएको छ। त्यस्तै लुम्बिनी प्रदेशमा अमरसिंह पुन, कर्णाली प्रदेशमा जानकी सिंह र सुदूरपश्चिम प्रदेशमा उदय शमशेर राणालाई अनुगमनको विशेष जिम्मेवारी सुम्पिएको छ।

बैठकले १५औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विगतमा विभिन्न कारणवश नवीकरण हुन नसकेका सदस्यहरूको सदस्यता नवीकरण गरी आगामी २०८३ साल जेठ २१ गतेभित्र केन्द्रीय प्रणालीमा प्रविष्ट (इन्ट्री) गरिसक्नुपर्ने समयसीमा निर्धारण गरेको छ।

यसैगरी, १४औं महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानवीन समितिले १५औं महाधिवेशनमा आधिकारिकता दिने गरी प्रदान गरेका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता नै मानी नवीकरण प्रक्रियामा समावेश गर्न सबै जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय समेत भएको छ।

विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा समायोजन भएका नेता-कार्यकर्ताहरूको सदस्यतासम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ।

जसअनुसार डा. गोपाल दहित (बारा), आङ्गेलु शेर्पा (सिराहा), अब्दुल सत्तार (धनुषा), राजीव ढुंगाना (सप्तरी), कुसुम थापा (सोलुखुम्बु), देवप्रसाद तिमिल्सिना (सर्लाही) र तिलक रानाभाट (सुर्खेत) लाई प्रतिनिधि तोकिएको छ। 

त्यस्तै प्रमोदहरि गुरागाईं (महोत्तरी), टेकराज पौडेल (कपिलवस्तु), जगदीश नरसिंह केसी (सुनसरी), कमलकिशोर घिमिरे (रौतहट), कृष्ण रिजाल (पर्सा) र ईश्वर अधिकारी (काठमाडौं) लाई पनि विवाद समाधानका लागि जिम्मेवारी दिई पठाइने निर्णय भएको छ।

कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको हकमा पनि कार्यप्रकृतिका आधारमा स्पष्ट नीति तय गरेको छ।

अधिवेशन सम्पन्न भइसकेका ७ देशका जनसम्पर्क समितिलाई क्रियाशील अद्यावधिक प्रक्रिया अगाडि बढाउन अनुमति दिइएको छ भने विवाद नभएका १५ देशका जनसम्पर्क समितिलाई सदस्यता अद्यावधिक गरी महाधिवेशनको समयतालिका केन्द्रीय कार्यालयमा पेस गर्न परिपत्र गर्ने निर्णय भएको छ। 

सम्पर्क कम भएका ७ देशमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणका लागि परिपत्र गर्ने तथा समस्या देखिएका ८ देशका जनसम्पर्क समितिको हकमा आवश्यक अध्ययन गरी समन्वय गरिने विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले पार्टीको यो महत्त्वपूर्ण समितिलाई व्यवस्थापकीय रूपमा सघाउन केन्द्रीय कार्यालयका सह-सचिव प्रेम विश्वकर्मालाई ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ को सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।