बजेट प्रस्तुत गर्न अर्थमन्त्री संसद भवन पुग्दै
काठमाडौं, १५ जेठ।आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुग्दै छन्।
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित भएसँगै अर्थमन्त्री संसद् भवनतर्फ प्रस्थान गरेका हुन्।
संसद् भवन प्रवेश गर्नुअघि अर्थमन्त्री डा. वाग्लेले सञ्चारकर्मीहरूका लागि फोटो तथा भिडियो खिच्ने विशेष समय दिने भएका छन्। उनी संसद्को मूल गेट (मेन गेट) अगाडि केही बेर उभिएर परम्परागत बजेट ब्रिफकेससहित सञ्चारकर्मीहरूलाई तस्बिर र भिडियोका लागि पोज दिनेछन्।
बजेट भाषणको प्रत्यक्ष कभरेजका लागि संसद् भवन परिसरमा देश तथा विदेशका सञ्चारमाध्यमका पत्रकार, फोटो पत्रकार र भिडियो पत्रकारहरूको ठूलो उपस्थिति रहेको छ।
अर्थमन्त्रीको तस्बिर खिचेपछि सञ्चारकर्मीहरू संसद्को प्रेस ग्यालरीतर्फ प्रवेश गर्नेछन् भने अर्थमन्त्री डा. वाग्ले अपराह्न बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्न सदनमा प्रवेश गर्नेछन्।


