बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन सदनमा

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट भाषण सुन्न प्रधानमन्त्री बालेन्द्र ९बालेन० शाह सङ्घीय संसद् भवन पुगेका छन ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आज अपराह्न संसद्को संयुक्त सदनमा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ, जसमा प्रधानमन्त्री शाह सहभागी भएका हुन ।

 

गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका शाह अहिलेसम्म सदनमा उपस्थित भएर बोलेका छैनन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उनी केही समय सदनमा बसेर बाहिरिएका थिए।

 

प्रधानमन्त्री नियुक्त भएयता सदनमा लगातार अनुपस्थित रहेको भन्दै प्रतिपक्ष दलहरूले संसद्‍मा उनको खोजी र आलोचना गर्दै आएका थिए। प्रतिपक्षको निरन्तरको दबाब र चासोका बीच बजेट प्रस्तुत हुने मुख्य दिन आज प्रधानमन्त्री सदनमा उपस्थित हुन लागेकाले यसलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।