प्रधानमन्त्री बालेन शाहले भने – ढुक्क हुनुस् !

काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले पछिल्लो समय सार्वजनिक समारोह तथा औपचारिक कार्यक्रमहरूमा सम्बोधन नगर्ने क्रमलाई निरन्तरता दिएका छन् ।

प्रधानमन्त्री बनेयता उनले संसद् बैठकलाई एकपटक पनि सम्बोधन गरेका छैनन् । शुक्रबार मनाइएको गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भए पनि उनले कुनै सम्बोधन गरेनन् ।

प्रधानमन्त्री शाहले आफ्ना धारणा र अभिव्यक्ति प्रायः सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् ।

यसैबीच शुक्रबार साँझ उनले सामाजिक सञ्जालमा छोटो सन्देश पोस्ट गर्दै “ढुक्क हुनुस्” लेखेका छन् ।

उनको उक्त पोस्ट विभिन्न कोणबाट व्याख्या भइरहेको छ । शुक्रबार नै संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको थियो । त्यसपछि प्रधानमन्त्रीको पोस्टलाई बजेट कार्यान्वयनसँग जोडेर समर्थकहरूले सकारात्मक टिप्पणी गरेका छन् ।

यद्यपि प्रधानमन्त्री शाहले उक्त सन्देश कुन सन्दर्भमा लेखेका हुन् भन्नेबारे थप स्पष्ट पारेका छैनन् । त्यसैले “ढुक्क हुनुस्” भन्ने अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी र प्रतिक्रिया देखिएका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।