पार्टीको अपानीले एकतामा जोड गरेको छः एमाले उपमहासचिव भट्टराई

काठमाडौं, १६ जेठ । नेकपा एमालेका उपमहासचिव सचिव योगेश भट्टराईले हालै जारी भएको अन्तर पार्टी निर्देशन (अपानी)ले पार्टी भित्रको एकतामा जोड गरेको बताएका छन् । 
 
गणतन्त्र दिवसको दिन जारी गरिएको अपानी आफैँमा महत्वपुर्ण रहेको पनि उनले जनाएको छन ।  
 
हिजो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन–२ (अपानी–२) जारी भएको उल्लेख गर्दै भट्टराईले भनेका छन, ‘अपानीमा उल्लेखित विषयहरू आफैँमा महत्त्वपूर्ण छन्, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएको हुनाले यसले ऐतिहासिकता कायम गर्ने नै छ, अपानीमा जोड दिइएको छ– “एकता, एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ।’

अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको जनाउँदै उनले भनेका छन, ‘उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ।’ उनले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी–२ अनिवार्य अध्ययन गर्न अनुरोधसमेत गर्दै भनेका छन, ‘छर्लङ्ग हुनुहोस्, ढुक्क रहनुहोस्, नेकपा (एमाले)– जिन्दावाद ।’
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖