क्यूआर भन्दै जिस्क्याए कडा जवाफ दिने हर्क साम्पाङको चेतावनी
काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ ले आफूलाई “QR–QR” भन्दै जिस्क्याउनेहरूलाई चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हर्क साम्पाङ ले श्रम संस्कृति अभियान र जनसहयोगबाट पुल, पार्क, बाटो तथा खानेपानीजस्ता पूर्वाधार निर्माण गरिएको दाबी गरेका छन्। उनले आफूहरूले सरकारी स्रोतको मात्र भर नपरी जनसहभागिता र श्रमदानमार्फत विकासका काम अघि बढाएको उल्लेख गरेका छन्।
साम्पाङले आफूलाई “QR” भनेर व्यंग्य गर्नेहरूलाई लक्षित गर्दै यस्ता टिप्पणी बन्द गर्न आग्रह गरेका छन्। उनले जनसहयोगबाट भएका विकास निर्माणका कामलाई कमजोर बनाउने उद्देश्यले गरिने आलोचनाको प्रतिवाद गर्ने चेतावनी पनि दिएका छन्।
उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।


