‘भारतले नेपालले सिमा मिचेको कहिल्यै भनेन् तर प्रधानमन्त्रीले आज कसरी भन्नु भयो ?’

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतीय भुमी मिचेको रहेछ’ भन्ने अभिब्यक्ति प्रति पुर्व परराष्ट्र मन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।
 
प्रतिनिधिसभाको बैठकमा पहिलो पटक रोष्ट्रममा उभिएर सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका प्रधानमन्त्री साहको ‘बिबादस्पद अभिब्यक्ति’ प्रति पुर्व परराष्ट्र मन्त्री थापाले आपत्ति जनाएका हुन् । 

उनले संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले ूनेपालले पनि भारतको सीमा मिचेको छू भनी दिनुभएको अभिव्यक्तिले सिङ्गो मुलुकलाई तरङ्गित र आश्चर्यचकित बनाइदिएको जनाउँदै भनेका छन, ‘केही स्थानमा सीमा विवाद हुनु बेग्लै कुरा होतर नेपालले भारतको सीमा मिचेको वा अतिक्रमण गरेको छैन, नेपाल छिमेकीको सीमा मिच्नु हुँदैन भन्ने मान्यतामा अडिग छ। 
 
‘यदि नेपालले भारतको सीमा मिचेको छ भन्ने कुरामा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ भने त्यो कुन ठाउँ हो, प्रमाणसहित जनतालाई स्पष्ट पार्नुपर्छस तत्काल गल्ती सच्याउनुपर्छ र ससम्मान भारतलाई भूमि फिर्ता गर्नुपर्छ तर मेरो बिचारमा प्रधानमन्त्रीको यो भनाई अतिरञ्जित र गलत छ,’ उनी अगाडी भन्छन, ‘स्वयं भारतले समेत आजसम्म नेपालले सिमा मिचेको आरोप नलगाएको अवस्थामा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति दिनु सर्वथा उपयुक्त हुन सक्दैन।’
 
​नेपाल कुनै पनि छिमेकीको सीमा अतिक्रमण गर्दैन र अरूले हाम्रो भूमि अतिक्रमण गरेको पनि सहन नसक्ने जनाएका थापाले देश सानो–ठूलो हुन सक्ने तर राष्ट्रको सार्वभौमिकता र अखण्डतामाथि कुनै सम्झौता भने नहुने स्पष्ट पारेका छन् । ‘भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेख र सुस्ता क्षेत्रमा नेपालको अविभाज्य भूमि अतिक्रमण गरेको विषयमा देशव्यापी बहस र चिन्ता भैरहेका बेला, प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भनी दिनुभएको वक्तव्य पूर्णतः गैरजिम्मेवारपूर्ण छ,’ उनले भनेका छन्, ‘म यसलाई तत्काल सच्याउन आग्रह गर्दछु। देश र जनताले ठूलो भरोसा गरेका प्रधानमन्त्री बालेनबाट यस्तो हलुका र आपत्तिजनक मन्तव्य आउनु अत्यन्तै दुःखद छ।’

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।