रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौं, १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका छन् ।

 

भारतीय जनता पार्टीका निमन्त्रणामा आज उनी छिमेकी मुलुक भारततर्फ प्रस्थान गरेका हुन्

 

उनीसँगै पत्नी निकिता पौडेलसहित सभापति लामिछानको विश्वास पात्र नेता बिपिन आचार्य र दिपक बोहोरा पनि साथमा जाँदैछन् । सभापति लामिछाने जुन ५ मात्रै स्वदेश फर्कने छन् ।

स्रोतहरूका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथै सभापति लामिछानेले विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी, विदेश सचिव विक्रम मिश्री र भाजपा अध्यक्ष नितिन नवीन लगायतलाई भेट्ने कार्यक्रम तय भएको बुझिएको छ ।

 

जुन २ मा नयाँ दिल्लीमा औपचारिक बैठकहरू समाप्त गरे पछि लामिछानेले भारतको एक प्रतिष्ठित स्थान अयोध्याको भ्रमण गर्नेछन् भने स्वतन्त्र पार्टी र भारतीय सत्तारूढ पार्टी भाजपा बीचको पार्टी–पार्टी सम्बन्धमा केन्द्रित भेटघाट हुनेछ । सबै आधिकारिक बैठकहरूमा नेपाली कूटनीतिज्ञहरू उपस्थित हुने जनाइएको छ ।

 

लामिछानेका धेरैजसो बैठकहरू जुन २ मा समाप्त हुनेछन् र बाँकी तीन दिन निजी समयको रूपमा रहे पनि ५ जुनमा भने उनले भारतमा रहेका प्रवासी नेपालीहरूसँग सम्बाद र छलफल गर्नेछन्

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।