प्रतिनिधिसभा बैठक, आजवाट बजेट माथी छलफल प्रारम्भ हुने
काठमाडौं, १९ जेठ । प्रतिनिधिसभाको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः०० बजे देखी सुरू हुनेछ ।
आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बक्तब्यसहित ‘आ.व. २०८३÷८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल प्रारम्भ गरियोस्’ प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘आ.व. २०८३÷८४ को राजश्व र ब्यायको बार्षिक अनुमान माथी सामान्य छलफल प्रारम्भ’ गरिनेछ ।


