रास्वपा सभापति लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुँदै

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्दैछ।

नयाँ दिल्लीमा हुने उक्त उच्चस्तरीय भेटवार्तामा नेपाल-भारत सम्बन्ध र आपसी हितका विविध आयामहरूमा छलफल हुने कार्यक्रम रहेको छ।

विशेष गरी दुई देशबीचको सुरक्षा सहकार्य, लोकतान्त्रिक अभ्यास, राजनीतिक दलहरूबीचको संवाद तथा पारस्परिक सहकार्यका विषयमा गहन विचार विमर्श हुने अपेक्षा गरिएको छ।

यसअघि मंगलबार सभापति लामिछानेले भाजपा मुख्यालय पुगेर नेता नितिन नवीन लगायतका शीर्ष नेताहरूसँग भेटघाट गरिसकेका छन्। राजनीतिक सम्बन्ध विस्तार र अनुभव साझेदारीका लागि भारत भ्रमणमा रहेको रास्वपा टोलीले आज गृह मन्त्रालयमा हुने भेटलाई निकै महत्त्वका साथ हेरेको छ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।