धरानमा श्रम संस्कृति पार्टीमा विद्रोह, केन्द्रीयदेखि प्रदेश सदस्यसम्मको सामूहिक राजीनामा

धरान । श्रम संस्कृति पार्टीभित्र धरानमा आन्तरिक विवाद चर्किएको छ। पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।

बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले पार्टी नेतृत्वप्रति गम्भीर असहमति जनाउँदै साधारण सदस्यता समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

विज्ञप्तिअनुसार आगामी स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुख तथा वडा तहमा उम्मेदवारी दिने उद्देश्यसहित उनीहरू पार्टीमा आबद्ध भएका थिए। पार्टी अध्यक्ष हर्कराज राईसँग पटक–पटक छलफल तथा सहमति भएको र आफूहरूलाई नगर प्रमुखको उम्मेदवार बनाइने आश्वासन दिइएको उनीहरूको दाबी छ।

तर केही दिनअघि पार्टी अध्यक्ष राईले सामाजिक सञ्जाल फेसबुकमार्फत धनबहादुर राईलाई धरान उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार घोषणा गरेपछि आफूहरू आश्चर्यचकित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टी नेतृत्वले गरेको उक्त निर्णय पूर्वसहमति र प्रतिबद्धताविपरीत रहेको भन्दै उनीहरूले नैतिकताको आधारमा पार्टीमा बसिरहन नसक्ने निष्कर्षमा पुगेको बताएका छन्।

विज्ञप्तिमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना, सुझाव तथा सहमतिलाई बेवास्ता गरेको आरोप लगाइएको छ। पार्टीभित्र भएका छलफल, सहमति र प्रतिबद्धतालाई तोड्दै एकपक्षीय निर्णय गरिएको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

सामूहिक रूपमा पार्टी त्याग गर्नेहरूमा केन्द्रीय सदस्य पूर्ण गहतराज विश्वकर्मा, प्रदेश सदस्य विष्णु कुमारी राई (राही नेवाङ) तथा सदस्यहरू निनाचन्द्र राई, नरहरी राई र अटल सिंह राई रहेका छन्।

उनीहरूले आफूहरूसँगै रहेका अन्य सदस्यहरूले समेत साधारण सदस्यता नरहने गरी पार्टी परित्याग गरेको जानकारी दिएका छन्। यस घटनाले धरानमा श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद सतहमा आएको देखिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।