चुनाव पछि ओली पहिलो पटक सार्बजनिक कार्यक्रममा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रतिनिधिसभा निर्वाचन परिणाम पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका छन् ।
केन्द्रीय संगठन विभागको आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उदघाटन समारोहमा सहभागी
हुन ओली बबरमहल पुगेका हुन् ।
प्रतिनिधिसभाको चुनावमा पराजित भए पछि ओली सार्वजनिक कार्यक्रममा कतै पनि देखिएका थिएनन् ।
बालेन शाह नेतृत्वको सरकार गठनको भोलिपल्टै पक्राउ परेका ओली रिहा भएपछि पत्थरी अपरेसन गरेर घरमै आराम गरिरहेका थिए । तर, उनी सार्बजनिक मञ्चमा देखा परेका थिएनन ।


