कर्जा दुरुपयोग आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डे पक्राउ

काठमाडौं । कृत्रिम व्यवसाय (शेल कम्पनी) खडा गरी बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउन्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई धनुषाबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार पाण्डेले महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेस प्रालि’ नामक शेल कम्पनी स्थापना गरेका थिए। उक्त कम्पनीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै धितोको अस्वाभाविक रूपमा बढी मूल्यांकन गराई प्रभु बैंकबाट कर्जा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पाण्डेले बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिएका थिए, सो कार्यमा नलगाई अन्यत्र प्रयोग गरी पटक–पटक कर्जाको दुरुपयोग गरेको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार उनको यो कार्य बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुर हो।

काठमाडौं महानगरपालिका–९ रातोपुल निवासी पाण्डे राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक समिति अध्यक्ष तथा उक्त शेल कम्पनीका एकल सञ्चालक हुन्। उनी जानकी मेडिकल कलेज जनकपुरका अध्यक्ष समेत हुन्।

उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पाण्डेलाई सीआईबीको टोलीले बुधबार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।