कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिको २०८३ जेठ २० गतेको निर्णयअनुसार ऋण चुक्ता नगर्नेहरूको सूची सार्वजनिक गर्दै उनीहरूलाई तत्काल दायित्व पूरा गर्न अल्टिमेटम दिइएको हो।

समितिले उपलब्ध ऋण विवरणका आधारमा यो नामावली सार्वजनिक गरिएको जनाएको छ। यस प्रक्रियामा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई उचित प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

समितिले भनेको छ, ‘यदि ऋण चुक्ता भइसकेको हो भने आधिकारिक प्रमाणसहित उपस्थित हुनुहोला, अन्यथा विवरणअनुसारकै कारबाही प्रक्रिया अघि बढ्नेछ।’

यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र बक्यौता चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको समयभित्र ऋण नबुझाए प्रचलित कानुनअनुसार जायजेथा जफत र अन्य कानुनी असुली प्रक्रिया कडा रूपमा अघि बढाइने समितिले चेतावनी दिएको छ।

समस्याग्रस्त सहकारीको रकम फिर्ता गराई बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

वर्षौंदेखि बचत फिर्ता नपाएर छटपटिएका सर्वसाधारणको रकम असुल गर्न समितिले ऋणीहरूमाथि कडाइ सुरु गरेको हो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।