अजित मिजारको न्यायका लागि शिक्षण अस्पतालमा कांग्रेसको सांकेतिक प्रदर्शन

काठमाडौं। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा नेपाली कांग्रेस, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको “जातीय विभेद विरुद्ध सचेतना” उपसमितिले विशेष कार्यक्रमहरू सम्पन्न गरेको छ।

प्रतिष्ठानका उपप्रमुख मधु आचार्यको विशेष उपस्थिति तथा एलिजा ढकालको संयोजनमा काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पताल (टीयू टिचिङ हस्पिटल) मा एक सांकेतिक प्रदर्शन गरिएको छ। विगत १० वर्षदेखि न्यायको पर्खाइमा सोही अस्पतालको शवगृह (मर्ग) मा राखिएको काभ्रेका दलित युवक अजित मिजारको शवलाई साक्षी राख्दै उपसमितिले न्यायका लागि दबाबमूलक प्रदर्शन गरेको हो।

प्रदर्शनका क्रममा सहभागीहरूले जातीय विभेद र छुवाछूत जस्तो अमानवीय प्रथाको अन्त्य हुनुपर्ने र अजित मिजारको परिवारले अभैmसम्म न्याय नपाउनु दुःखद भएको भन्दै तत्काल कानुनी न्याय निरूपणका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

यसैबीच, उक्त उपसमितिका सदस्यहरूले काभ्रेको पाँचखालस्थित शिखरपुर पुगेर स्वर्गीय अजित मिजारको शोकसन्तप्त परिवारसँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा टोलीले मिजारको परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै न्यायको यो लामो लडाइँमा पार्टी सधैं साथमा रहने प्रतिबद्धता जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।