अन्तिम समयमा आएर राज्य ब्यवस्था समितिको बैठक स्थगित

काठमाडौं, २२ जेठ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।
 
आज दिउँसो १ः ०० बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेवाला थियो ।

आजको बैठकमा अघिल्ला बैठकको निर्णय कार्यान्वयन प्रगति जानकारी सम्बन्धमा छलफल गरिदै थियो भने बिभिन्न उपसमितिहरू पनि गठन गरिने जनाइएको थियो । 

आजको बैठकले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति, समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवम् निकायहरूको कामकारवाही अध्ययन  एवम् निगरानी उपसमिति गरी तीन उपसमिति गठन हुने कार्यसुची तयार पारेको थियो ।

साथै, समितिको कार्यक्षेत्रमा पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा पनि छलफल गरिने जनाइए पनि बैठक नै नबसे पछि पर धकेलिएको छ ।

 

 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।