सुदन गुरूङ माथि छानबिन गर्न बनेको समितिले बुझायो प्रतिवेदन
काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिका संयोजक पूर्वन्यायाधीश अच्युतम प्रसाद भण्डारीले थपिएको समय अगावै छानबिन प्रतिवेदन शुक्रबार सरकारलाई बुझाएको बताए ।
‘प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ४५ पेजको प्रतिवेदन बुझाएका छौँ, प्रतिवेदन जतिसक्दो चाँडो जस्ताको तस्तै सार्वजनिक गर्न भनेका छौँ’, समिति संयोजक भण्डारीले सञ्चारकर्मीसँग भने।
पुर्व गृहमन्त्री गुरूङको स्रोत नखुलेको करोडौं सम्पति देखा परेपछि बिबादमा तानिएका गुरूङले पदबाट राजिनामा दिन बाध्य भएका थिए। उनले राजिनामा दिए पछि भण्डारीको नेतृत्वमा छानबिन आयोग बनाईएको थियो।


