प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध जारी रहने एमालेको अडान

काठमाडौँ, जेठ २५ — नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महर ले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा स्पष्ट जवाफ नदिएसम्म संसद् अवरोध जारी रहने बताएका छन्।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले संसद्को गतिरोध अन्त्यका लागि आवश्यक स्पष्टता नआएकाले विरोधका कार्यक्रम जारी रहने बताएका हुन्।

उनका अनुसार बैठकमा दुई विषयमा केन्द्रित भएर छलफल भएको थियो। पहिलो विषय रास्वपा सभापति लामिछानेको हालैको भारत भ्रमण र दोस्रो संसद्मा देखिएको गतिरोध थियो।
महरले भारत भ्रमणबारे जानकारी दिने क्रममा आफूहरूले ईपीजी (प्रख्यात व्यक्ति समूह) तथा नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रश्न उठाएको बताए। “अघिल्लो दिन प्रधानमन्त्रीले सीमा विवादबारे बोल्नुभएको थियो। त्यसको भोलिपल्ट भारत भ्रमणका क्रममा सीमाका विषयमा छलफल भयो कि भएन भन्ने प्रश्न उठायौँ। त्यसमा केही भन्न खोजिए पनि स्पष्ट जवाफ आएन,” उनले भने।

संसद्को अवरोध हटाउने विषयमा पनि बैठकबाट कुनै सहमति हुन नसकेको महरले बताए। उनका अनुसार रास्वपा सभापति लामिछानेले यस विषयमा पार्टीभित्र र प्रधानमन्त्रीसँग थप छलफल गरेर मात्र निष्कर्षमा पुग्न सकिने धारणा राखेका थिए।

“संसद्को अवरोध गर्ने हाम्रो चाहना होइन,” महरले भने, “प्रधानमन्त्री तुरुन्त संसद्मा आएर जवाफ दिनुपर्छ भन्ने हाम्रो माग हो। सार्वभौम संसद्मा जवाफ दिने विषयमा अहिले निर्णय गर्न नसकिने र पार्टीभित्र छलफल गर्नुपर्ने जवाफ आयो, त्यसैले सहमति हुन सकेन।”

एमालेले प्रधानमन्त्रीबाट संसद्मा औपचारिक जवाफ नआएसम्म आफ्नो विरोध कायमै रहने स्पष्ट पारेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।