लुम्बिनीमा भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरिएको प्रति जसपा नेपालको घोर आपत्ति, बर्खास्तीको माग

काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारमा भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरिएको प्रति आपत्ति प्रकट गरेको छ। पार्टीका प्रवक्ता मनिष कुमार सुमनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेकपा (एमाले) र नेपाली कांग्रेसको सत्ता गठबन्धनका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको उक्त कदम अनैतिक, स्वेच्छाचारी र अलोकतान्त्रिक भएको भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्।

जसपा नेपालले सम्मानित सर्वोच्च अदालतको हालैको फैसलाले राजनीतिक जालझेलबाट खडा गरिएको कथित ‘जसपा’ लाई अवैध ठहर गर्दै आफ्नै पार्टीलाई वैधानिकता प्रदान गरिसकेको स्मरण गराएको छ। अदालतको उक्त फैसलासँगै दल विभाजनको गैरकानुनी प्रपञ्च स्वतः खारेज भएको र सम्पूर्ण जनप्रतिनिधि तथा नेता-कार्यकर्ताहरू कानुनी रूपमा जसपा, नेपालकै मातहत र दलीय अनुशासनमा बाँधिएको विज्ञप्तिमा उल्लेख छ। कानुनी स्थितिको आधिकारिक जानकारी गराउँदागराउँदै पनि मुख्यमन्त्रीले न्यूनतम राजनीतिक नैतिकता र लोकतान्त्रिक मूल्य–मान्यताको ख्याल नगरी अहिरलाई मन्त्री पदको शपथ गराएको आरोप पार्टीले लगाएको छ।

यसरी मन्त्री नियुक्त गर्नु कानुनी राज्यको उपहास मात्र नभएर लोकतन्त्रमाथिको नाङ्गो प्रहार र बलमिच्याइँको पराकाष्ठा भएको जसपा नेपालको ठहर छ। मुख्यमन्त्रीको यो हर्कत अलोकतान्त्रिक, असंवैधानिक र राजनीतिक रूपमा अत्यन्तै निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ।

जसपा नेपालले मन्त्री नियुक्त गरिएका भण्डारीलाल अहिरलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न माग गरेको छ। पार्टीले आफ्नो यस न्यायसंगत र कानुनी मागलाई नजरअन्दाज गरिएमा सम्मानित अदालतको मानहानी गर्ने तथा बलमिच्याइँमा उत्रिने लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री र एमाले-काँग्रेस सत्ता गठबन्धनविरुद्ध सशक्त कानुनी प्रक्रियामा जान बाध्य हुने चेतावनी समेत दिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।