बिरगञ्जका मेयर सिंह बिरूद्द अदालतमा मुद्दा दायर, भए निलम्बन

काठमाडौं, २५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
 
सिंहसहितले गलत लिखत, सरकारी कागजात सच्याउने, सरकारी कागजात नोक्सान गर्ने तथा गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
 
अख्तियारले मुद्दा दायर गरेका अन्यमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराई, वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव भिखारी राय, तत्कालीन वडासदस्य तुफैल अख्तर ठकुराई, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल रहेका छन् । 
 
वीरगन्ज महानगरपालिकाका नगरप्रमुख सिंहले गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी रुविना श्रेष्ठ बनाई नागरिकताको प्रमाणपत्र दिलाएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
 
अनुसन्धान हुँदा सिंहले वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडासचिव राय, तत्कालीन वडासदस्य ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेलसँग मिलेमतो गरी अर्काको छोरीलाई आफ्नो भनी गलत व्यहोरा खुलाई रुविना श्रेष्ठको जन्मदर्ता प्रमाणपत्र तयार पारेको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ ।
 
जन्मदर्ता प्रमाणपत्रका आधारमा नागरिकता सिफारिस तयार गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट मिति २०७५ साउन १३ गते रुविना श्रेष्ठका नाममा नागरिकता प्रमाण पत्र लिएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा जनाइएको छ । 
 
उनीहरूले सरकारी निकाय वा सार्वजनिक संस्थाको कागजातमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गरी हेरफेर गर्ने गराउने र कागजात लुकाउने, नोक्सान पुर्‍याउने एवं नष्ट गर्ने गराउने कार्य गरेको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
 
अदालतमा भ्रष्टचारको मुद्दा दायर भए लगतै मेयर सिंह निलम्बनमा परेका छन्  ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।