रास्वपा सिरहा अधिवेशनमा झडप, नेतृत्व चयन प्रक्रिया मंगलबारसम्म स्थगित

मुकेश कुमार यादव/सिरहा,२५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ।
 
सोमबार जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको विवाद कुटाकुटमा परिणत भएपछि केही व्यक्ति घाइते भएका छन्।

झडपमा र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापालगायत घाइते भएको जनाइएको छ। जिल्ला कार्यसमितिको नेतृत्व कसले पाउने भन्ने विषयमा लामो समयदेखि देखिएको मतभेद उत्कर्षमा पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो।

अधिवेशनमा सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली सभापतिका प्रमुख आकांक्षी रहेका छन्। रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्ने अडान राख्दै आएका छन् भने सुभाष यादव र हरि मैनालीले लोकतान्त्रिक प्रक्रियाअन्तर्गत निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका छन्।

विवादका कारण अधिवेशन प्रभावित भएपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। आयोगले मंगलबार बिहान ९ बजेदेखि निर्वाचन प्रक्रिया पुनः सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी विज्ञप्तिमा परिस्थितिलाई सामान्य बनाउँदै निर्धारित प्रक्रियाअनुसार निर्वाचन सम्पन्न गरिने उल्लेख गरिएको छ।अधिवेशनस्थलमा उत्पन्न विवादपछि सुरक्षा सतर्कता बढाइएको छ भने पार्टी नेतृत्वले सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास जारी राखेको बताइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।