संसदीय समितिमा तीनवटा अन्तराष्ट्रिय बिमानस्थलका बारेमा छलफल हुने
काठमाडौं, २९ जेठ । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ ।
जस अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक बिहान ९ः०० बजेवाट सुरू हुनेछ ।
आजको बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्थालगायत नेपालको हवाई उड्डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफल गरिने संसद सचिवालयले जनाएको छ ।


