सुजन राईको निर्देशनमा ‘तिम्रो मुस्कानमा’ सार्वजनिक
हिराराज राई, धनकुटा । नेपाली म्युजिक भिडियो निर्देशन तथा निर्माण क्षेत्रमा अनुभवी, प्रतिभाशाली तथा सिर्जनशील निर्देशक सुजन राईको निर्देशनमा तयार भएको नयाँ गीत ‘तिम्रो मुस्कानमा’ सार्वजनिक गरिएको छ।
जेरो मल्टिपिक्चर्सको प्रस्तुतिमा रहेको उक्त गीतमा गायक सुयोग महतो र गायिका आर्जु चौधरीको स्वर रहेको छ। गीतको शब्द, संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ सुयोग महतोले गरेका छन्। गीतमा बाँसुरीवादक रत्न विक रहेको छ। यस गीतको रेकर्डिङ मानसा प्रिजेन्टेसन एण्ड डीजीएम म्युजिक स्टुडियोमा गरिएको हो।
गीतको म्युजिक भिडियोमा अजय पुन मगर र मनिषा दराईको मुख्य अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी दीपेश दर्नालले गरेका हुन् भने छायांकन प्रनेश राईले गरेका छन्।
निर्देशक सुजन राईले गीतको भावअनुसार भिडियो निर्माण गरिएको बताउँदै दर्शक तथा श्रोताले यस गीतलाई मन पराउने विश्वास व्यक्त गरेका छन्।
प्रेम र भावनालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतले श्रोता तथा दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

