बेरुजु नियन्त्रणमा संसदको चासो, ‘फास्ट ट्र्याक’ योजना ल्याउने तयारी

काठमाडौं, ३१ जेठ । सरकारी कार्यालयहरूमा वर्षेनि बढ्दै गएको बेरुजु रकमलाई नियन्त्रण गर्न सार्वजनिक लेखा समितिले विशेष अभियान सञ्चालन गर्ने संकेत दिएको छ। वित्तीय अनुशासनलाई मजबुत बनाउने लक्ष्यसहित समितिले बेरुजु फछ्र्यौट प्रक्रियालाई तीव्र बनाउन ‘फास्ट ट्र्याक’ कार्ययोजना लागू गर्ने तयारी थालेको हो।

समितिका सभापति भरतबहादुर खड्काले बेरुजु समस्या केवल लेखा परीक्षणको विषय नभई आर्थिक सुशासनसँग प्रत्यक्ष जोडिएको मुद्दा भएको बताउँदै यसको दीर्घकालीन समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताए। उनका अनुसार सम्बन्धित मन्त्रालय तथा निकायसँग चरणबद्ध छलफल गरी बेरुजु बढ्नुका कारण पहिचान गरिनेछ र सुधारका उपाय कार्यान्वयनमा ल्याइनेछन्।

महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले संघीय सरकारअन्तर्गत मात्रै ३ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी बेरुजु रहेको देखाएको छ। त्यस्तै प्रदेश सरकारमा ३३ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी र स्थानीय तहमा २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी बेरुजु कायम रहेको उल्लेख छ। विभिन्न समिति तथा अन्य सार्वजनिक संस्थाहरूमा समेत १ खर्ब २२ अर्ब रुपैयाँभन्दा बढी बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

मन्त्रालयगत रूपमा अर्थ मन्त्रालय, पूर्वाधार तथा यातायात, भूमि व्यवस्था, वन तथा वातावरण तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उल्लेख्य बेरुजु देखिएको छ। समितिले अब सार्वजनिक खर्चलाई थप पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउन बेरुजु न्यूनीकरणलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖