कृषि, पर्यटन र उधमशीलतामा छलाङ मार्दै गरेको ईलाम नगरपालिका

जीवनप्रसाद राई ।  २०८३ जेठ १३ गते देखि २४ गते सम्म ईलाम नगरपालिकाको बिभिन्न कृषि–पर्यटन क्षेत्रको अध्ययन गर्ने कार्य सम्पन्न गरियो । कोशी प्रदेशको मात्रै नभएर नेपालकै कृषि पर्यटनको क्षेत्रमा एक महत्वपुर्ण गन्तब्यको रुपमा बिकसित हुदै गरेको ईलाम जिल्ला अन्य जिल्लाहरुका लागि सिकाई थलो पनि हो । उधमका नयाँ नयाँ तरिकाहरुको बिकास हुदै गरेको त्यही उधमले समेत पर्यटन बिकासमा योगदान पुग्ने गरेकोले कृषि, उधम र पर्यटन एकअर्काको गहिरो सम्बन्ध भएको बिषयहरुको मालाको रुपमा ब्याख्या गर्न सकिन्छ । हाल ईलाम नगरपालिका यस्तै मालाको रुपमा चिनिएको छ ।

ईलाम नगरपालिकाको साझेदारीमा कुहिने फोहोरहरुको ब्यवस्थापन गरेर हरित शान्ति अभियान कार्यक्रमले ईलाममा घरबाट निस्कने फोहोरलाई मोहोर मात्रै होईन यसबाट कृषि उत्पादनमा समेत महत्वपुर्ण योगदान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । यसैगरि लामो समय सम्म होटल ब्यवसायमा आवद्ध भएका बिजय राईले नेपालको संमृद्धिमा एकमात्रै भरपर्दो खम्बा भनेको पर्यटन क्षेत्र नै हो भन्ने गतिलो सन्देश प्रवाह गरेका छन । उनी हाल हाम्रो होटल पोखरेली नामक होटल संचालन गरिरहेका छन । उनको अनुभवले ईलाम नगरपालिकालाई एक गन्तब्य सिर्जनामा राम्रो योगदान पुगेको छ ।

(जीवनप्रसाद राई )

यसैगरि सुशिला सापकोटाले संचालन गरिरहेको बगन भिल्ला होमस्टेले केवल होमस्टेको सेवा मात्रै प्रदान गरेको छैन । उनको यो सेवाले मानिसहरु बृद्धअवस्थामा समेत ३ वा ४ वटा कोठामा पाहुनालाई बिबि प्लानमा सेवा उपलब्ध गराएर राज्यलाई योगदान गर्नुका साथै आफ्ना छोराछोरी र बुहारी ज्वाईका लागि बोझ बन्नु पर्दैन भन्ने गतिलो उदाहरण पेश गरिदिएका छन । उनको यो बगन भिल्ला होमस्टेले ३ वटा रुम सेवा दिएर पनि मासिक रुपमा १ लाख देखि १ लाख ५० हजार सम्म घरमै आम्दानी गर्न सकिने एकदमै सजिलो उदाहरण प्रस्तुत गरेका छन ।

सुशिला सापकोटाले होमस्टे संगै अर्को घरैमा बसेर बम्बईसन, चक्लेट तथा मिठाईका परिकारहरु प्याकिङ गरेर अतिरिक्त आम्दानी गर्न सकिने तथा यसमा पाहुनाहरुले समेत रमाई रमाई सघाउने जस्ता नयाँ तरिकाहरु बिकसित गरेर बढी काम सम्पन्न गर्न सकिने फर्मुला समेत निकालेका छन । उनको यो आईडियाबाट ईलाम नगरपालिका बाहेकका अन्य पालिकाले समेत अनुसरण गर्न सकिने संभावना प्रवल रहेको देखिन्छ ।

जाईकामा २१ बर्ष लामो समय परामर्शदाताको रुपमा बिताएका नरेन्द्र गुरुङले नेपाल भिलेज होमस्टे बरबोटेमा संचालन गरिरहेका छन । उनको यो होमस्टे कृषि पर्यटनको लागि एकदमै प्राईम लोकेशनमा भएको भन्न सकिन्छ । फराकिलो स्थान, प्रसस्त्रै मात्रामा कफी र चियाको बगनले गर्दा जो कोहीलाई पनि मनमोहक बनाउन सक्छ । त्यति मात्रै होईन अक्सर मानिसहरु पाका उमेरमा के ब्यवसाय गरेर बस्नु भन्ने भाष्य नेपालमा बग्रेल्ती पाईन्छन तर गुरुङले त्यो भाष्यलाई चिर्ने काम गरेका छन । उनको होमस्टेमा हाल बिभिन्न देशहरुबाट अध्ययन भ्रमणका लागि आउने र लामो समय सम्म बस्ने गरिरहेका छन । उनको यो दैनिकीले आम नेपालीलाई मार्गदर्शन गर्न सक्नेछ भन्ने आशा गर्न सकिन्छ ।

ईलाम दुग्ध सहकारी संस्था तथा महेन्द्र उप्रेती जस्ता गाईपालक किसानहरु रहनु ईलामका लागि अर्को महत्व मान्न सकिन्छ । चारपटक अमेरिका जादै आउदै गरेका उप्रेतीले नमुनाको रुपमा गाई पालेर नेपालमा संभावनै संभावना भएको देखाएका छन । ईलामको राम्रो पाटो के भने दुधको बजार ईलाम बजार तथा ईलामको डेरी उधोगलाई नै दुध दिने गरेकोले पनि दुध किसानलाई पैसाको भुक्तानीमा समस्या छैन यो पनि ईलामबाट सिक्नुपर्ने बिषय हो ।

अर्को लक्ष्मी दाहालले संचालन गरिरहेको लक्ष्मी मौरीपालन उधोगले ईलामको शान बढाई दिएको छ । लक्ष्मी दाहालले गरेको यो कर्म मौरीपालन क्षेत्र तथा ईलामको कृषि उधोगको लागि एक स्तरीय योगदान भन्न सकिन्छ । जस्का कारणले समेत ईलाममा पर्यटनको बिकास गर्न सकिने संभावना प्रवल बनाएको छ ।

अर्का पारिवारिक बिरासत समेत बोकेर जसबिरे ब्राण्डमा ईलामे चियालाई राष्ट्रिय र अन्तराष्ट्रिय ब्राण्डमा बेचिरहेका छन ग्रिस्म सुब्बाले । दर्जन भन्दा बढी प्रकारका चियालाई प्रशोधन गरि उनले अन्तराष्ट्रिय पँहुचमा समेत पुर्याउनु सानो बिषय होईन । ब्यवसाय एउटा सिद्धान्त र दृष्टिकोण बाट गरिन्छ तर उत्तराधिकारी समेत निर्माण गरेर गरिने ब्यवसायले निरन्तरता पाउनुका साथै सयौ र हजारौ बर्ष सम्म पनि जिवित रहन सक्दछ । जसबिरे चियाको बारेमा अध्ययन गर्दा उनीहरुका बाजेले शुरुवात गरेको चिया आजको दिनमा नयाँपन सहित ग्रिस्म सुब्बाको छोराहरु समेत जसबिरे चियामै आवद्ध हुनुले एउटा फरक खुशी दिलाएको छ । यो पनि ईलामले अरुलाई दिने एक महत्वपुर्ण खुशी हो ।

ईलाम नगरपालिका गोदकमा मिलन कुमार मगरले बडेमानको बंगुरपालन केन्द्र तथा कृषि पर्यटन अभ्यास केन्द्र समेत स्थापना गर्न सकिने खालको काम गरेका छन । बैदेशिक रोजगारीको लामो अनुभव पछि नेपालमै केही काम गरौ भन्ने हुटहुटी लिएर आएका उनी करोडौ लगानी गरेर ब्यवसाय संचालन गर्नु आफैमा अरुलाई प्रेरणा हो तर यसमा स्थानीय तह, प्रदेश र संघिय सरकारका अभिभावकहरुले अपनत्व लिन भने आवश्यक छ । किनकी यसप्रकारका ब्यवसायहरु ईलाम नगरपालिका भित्र हुर्किनु भनेको ईलामको शानको रुपमा लिन सकिन्छ । पहाडि क्षेत्रमा यति ठुलो संख्यामा बंगुर फर्म सायदै रहेको छ ।

न्यु पोखरेली होटलका संचालक युवराज लिम्बुले पालेको कालो सुँगुर फर्म स्थानीय स्रोत साधनको प्रयोग गरिएको पर्यटकहरु आकर्षण गर्न सक्ने भरपुर बिषय बनेको छ । स्थानीय कालो जातलाई कृषि पर्यटनको प्रबद्र्धनमा कार्य गर्न सकिन्छ । उनीहरुको सामुहिक सुँगुर फर्म अझ उत्कृष्ट नमुना बनेको छ लगानीको हिसाबमा सस्तो र भरपर्दो तरिका अन्य सिकाई गर्न चाहनेहरुका लागि राम्रो बिषय हो यसले ईलामलाई नै थप उर्जा थप्ने कार्य गर्नेछ ।

ईलाम नगरपालिका भित्र महिला उधमीहरुले गरेको कामले मलाई धेरै मन्त्रमुग्ध बनाएको छ । डेरी मिल्क चक्लेट मात्रै देख्ने गरेको यो आँखाले यसपटक डेरी मिल्क र किटक्याट चक्लेटलाई बिर्साउने गरिको ईलाम नगरपालिका भित्र भएको प्रगतिल उन्नतिले निकै राम्रो बनाएको छ । डेरी मिल्क चक्लेटलाई ईलामको नाममा ब्राण्डिङ भएर बजारमा पठाएको छ । यसैगरि बम्बईसन चक्लेटलाई समेत राम्रो प्याकिङ र ब्राण्डिङ गरेर काठमाण्डौमा अनलाईनबाट बिक्री वितरण समेत भएको देख्दा ईलामले डेरी उधोगमा गरेको प्रगति अन्य जिल्लाका लागि समेत निकै लोभलाग्दो रहेको देखिन्छ ।

ईलाम जिल्लामा सामुदायिक कृषि क्याम्पसको स्थापनाले कृषिमा थप केही अध्ययन र अनुसन्धान गर्नेहरुका लागि प्लेटफर्म बनेको छ । क्याम्पस प्रमुख डा योगेन्दमान श्रेष्ठ को गहिरो अनुभव ईलाम नगरपालिकाको लागि कोशेढुंगा बन्न सक्नेछ । कृषि पर्यटन क्षेत्रमा उपलब्ध स्रोतसाधनहरु मात्रै नभएर मानिसको अनुभव समेत लाई नगदी रुपमान्तरण गर्न सकिन्छ । डा. श्रेष्ठको अनुभवले ईलामलाई थप घुम्नै पर्ने स्थानको रुपमा बिकसित गर्न सक्दछ ।

ईलाम नगरपालिकाको अन्य संभावना ः

चिया, दुध, अम्रिसो, अदुवा, अलैची जस्ता पाँच ”अ” बाट चर्चित बनेको ईलाम जिल्ला सुर्योदय नगरपालिकाले जुन रुपमा प्रगति गर्यो त्यो स्तरमा ईलाम नगरपालिकाले गर्न नसके पनि पछिल्लो समयमा केचना देखि कंचनजंघ सम्मको कार्यव्रmम गएको जेठ २३ र २४ गते ईलाम नगरपालिकाको गौतम बुद्ध हलमा संचालन गरियो । कार्यव्रmमले ईलाम नगरपालिकाले फराकिलो किसिमले पर्यटन क्षेत्रमा काम गर्न चाहेको देखिन्छ । केचना देखि कंचनजंघ कार्यक्रमको परिकल्पनाकार हालका मेयर केदार थापा हुन । मेची अन्चलका चारै जिल्लालाई समेटेर गर्न खोजिएको यो कार्यक्रमले भिन्न र फराकिलो अर्थ राख्दछ ।

पछिल्लो समयमा चिया, पर्यपर्यटन, डेरी पर्यटन, वनस्पति पर्यटन, शैक्षिक पर्यटन, धार्मिक पर्यटन देखि कृषि पर्यटनको महत्व बढेर गएको छ । यस्ता पर्यटन क्षेत्रको अध्ययन गरेर ईलाम नगरपालिकाले लगानी गर्ने बातावरण बनाउन सक्नेछ । ईलामको कन्याम देखि माईखोला पारिको सदरमुकाम बजार सम्म पर्यटकहरु किन पुगेनन भनेर प्रश्न राखेर अध्ययन केन्द्रित गरियो भने ईलामले धेरै संभावनाहरु पहिल्याउन सक्दछ । अनेकौ समस्याका बाबजुद पनि ईलामले कृषि पर्यटनमा फड्को मार्न सक्ने संभावना औल्याउन सकिन्छ ।

ईलामले सुधार गर्नुपर्ने बिषयहरु ः

प्रसस्त्रै संभावनाको धागो बोकेर पनि कपडाको राम्रो रुप र आकार दिन नसकेको ईलामले सबैभन्दा पहिला गतिलो अध्ययन केन्द्र स्थापना गर्न जरुरी देखिन्छ । चिया, अलैची, कृषि पर्यटन संग सम्बन्धित अनेकौ रचनाहरु, पुस्तकहरु, सन्दर्भ सामाग्रीहरु, भिडियोहरु, चित्रहरु, फोटोहरु, रिसर्च पेपरहरु भएको एक अध्ययन केन्द्र निर्माण गर्न आवश्यक देखिन्छ । ताकि धेरै टाढा टाढा सम्मका मानिसहरु समेत ईलाममा अध्ययन गर्नका लागि र तनाब ब्यवस्थापन गर्नका लागि आउने होस । जसलाई हामीले पर्यटकको संख्या बृद्धि गर्नका धेरै योगदान गर्न सक्दछ ।

यसैगरि ईलामले वनस्पति गार्डेन निर्माण गर्न सक्दछ । ईलामको वनस्पति कार्यालय संग समन्वय गरेर पनि यो कामलाई यथाशिघ्र गर्न सकेमा ईलामले अर्को महत्वपुर्ण छलाङ मार्न सक्नेछ । वनस्पति गार्डेन नेपालको सन्दर्भमा निकै महत्वपुर्ण भएता पनि यसलाई प्राथमिकतामा नराखिएको बिषय हो । भारत लगायत पश्चिमा मुलुकमा वनस्पति गार्डेनहरु पर्यटन क्षेत्रको बिकासको लागि निकै महत्वको भएता पनि नेपालमा गोदावरी वनस्पति कार्यालयले समेत यो ढंगमा हेरेको पाईन्दैन । यसैले ईलाम नगरपालिकाले यसलाई ईलामे पर्यटन संग जोडेर हेर्न सके अन्यत्रका लागि समेत प्रेरणा हुनेछ ।

ईलामे संस्कृति, कला, रहनसहन, चिया र डेरी उधोगलाई समेटेर एकिकृत रुपमा अध्ययन गर्ने तथा घुम्ने स्थानहरुको बिकास गर्न सकिन्छ । यसका लागि ईलाम सुक्यो भन्ने भाष्य खडा गरेर ईलाम छोड्नु भन्दा यहाँका स्थानीयहरुले समेत ईलामलाई चलायमान गर्नका लागि योगदान दिनु उपयुक्त हुने देखिन्छ । ईलामले समग्रमा अन्य पालिकाहरु, अन्य जिल्लाहरु तथा अन्य प्रदेशहरु संग समेत समन्वय गरेर कार्य गर्नुपर्ने चुनौती समेत थपिएको महसुस भएको छ । यति हुदाहुदै पनि ईलामले कोशी प्रदेशको अन्य पालिकाहरु भन्दा ज्यादै राम्रो काम गरिरहेको छ ।

( लेखक राई कृषि पर्यटन अभियान लिएर ८ बर्षमा नेपालको सबै जिल्ला घुमेर स्थलगत अध्ययन गरिसकेका ब्यक्ति हुन । उनका कृषि पर्यटन सम्बन्धी २३ पुस्तक प्रकाशित छन पर्यटन संग सम्बद्ध ब्यवसाय समेत संचालन गरिरहेका उनी हाल कोशी प्रदेशको सबै पालिकामा कृषि पर्यटन अध्ययन भ्रमणका लागि यात्रामा रहेका छन ।)

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।