सुरक्षित समाज निर्माणमा सबैको साथ आवश्यक: आईजीपी कार्की

भैरहवा । समाजमा बढ्दै गएका लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता समस्याविरुद्ध सबै पक्ष एकजुट हुनुपर्ने आवाज लुम्बिनीबाट उठेको छ। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजित शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रममा सहभागी वक्ताहरूले शान्त, सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरी, स्थानीय तह र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखिएका विकृति र कुसंस्कार हटाउन केवल प्रहरीको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै साझा जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले बुद्धको शान्ति, सहिष्णुता र भाइचाराको सन्देशलाई व्यवहारमा उतार्दै सामाजिक रूपान्तरणका अभियानलाई देशव्यापी बनाउनुपर्ने धारणा राखे।

कार्कीले पछिल्लो समय लागूऔषध दुव्र्यसन, आत्महत्या, बालविवाह र लैङ्गिक हिंसाजस्ता विषय गम्भीर सामाजिक चुनौतीका रूपमा देखा परेको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि परिवार, विद्यालय, स्थानीय तह र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताए। साथै नेपाल प्रहरीले प्रविधिमैत्री तथा जनमैत्री सेवा विस्तार गर्दै विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले खुला सीमाका कारण लागूऔषधको जोखिम बढ्दै गएको भन्दै युवालाई कुलतबाट जोगाउन सबै निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

यसै अवसरमा नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजना गरिएको ‘ह्याक फर सेफ्टी ह्याकाथुन’ प्रतियोगिता पनि सम्पन्न भएको छ। प्रतियोगितामा देशभरका युवा तथा प्रविधिविज्ञहरूले कृत्रिम बौद्धिकता, मोबाइल एप र डिजिटल प्रणालीमा आधारित सुरक्षा तथा सेवा प्रवाह सुधारका नवीन अवधारणा प्रस्तुत गरेका थिए। प्रहरीले यस्ता प्रविधिमूलक पहलले भविष्यमा नागरिकमैत्री सुरक्षा प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖