अब अनलाइन मिडियाले दर्ता प्रमाणपत्रको ‘हार्डकपी’ नपाउने

काठमाडौ । अनलाइन सञ्चारमाध्यमहरूले दर्ताको प्रमाणपत्र भौतिकरूपमा नपाउने भएका छन्।

सूचना तथा प्रसारण विभागले आज (मंगलबार) सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरण र विवरण परिवर्तनको प्रमाणपत्रको ‘हार्डकपी’ उपलब्ध नगराइने जनाएको हो।

‘२०८३ असार १ गतेदेखि लागु हुने गरी अनलाइन सञ्चारमाध्यमको दर्ता नवीकरणको सम्पूर्ण सेवा तथा संस्था, सञ्चालक, सम्पादक परिवर्तन लगायतका विवरण परिवर्तन समेत अनलाइन प्रणालीमा आबद्ध गरी दर्ता नवीकरण/विवरण परिवर्तनको प्रमाणपत्रको डिजिटल कपी सञ्चालकले निवेदन पेस गरेको प्रणालीबाटै उपलब्ध हुने व्यवस्था गरी हार्डकपी उपलब्ध नगराइने व्यहोरा निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖