“डिजिटल पुस्तामा लागुपदार्थको चुनौती:कहाँ चुक्दैछ समाज ?समाधान के ?

सचिन्द्र श्रेष्ठ । नेपालमा सन् १९६० पश्चातको हिप्पी संस्कारपछि लागु पदार्थ कारोबार वा सेवन ह्वात्तै बढ्दै गएको पाइन्छ । सडक बालबालिकाले डेन्ड्राइट नामक सुँघेर नशागर्ने होस् या युवाहरु ड्रग्स लिने ,आनन्द मान्ने संस्कार वृद्धि हुनुले भविष्य हाँक्ने युवाहरु झन–झन नशामा लिप्त भईरहँदा वर्षेनी हुने दिवस नारा र भाषणमै सिमित पर्नुले कता–कता गिजाईरहेको अनुभूति हुन्छ ।

जति मानिस जान्ने बुझ्ने हुन्छ त्यतिनै उसका धेरै आवश्यकता एवं नयाँ–नयाँ वस्तु जान्ने इच्छा एवं आकांक्षा हुन्छ । आमाको कोख बाट नवशिशु भई यो संसारमा टेक्छ अनि बालकको शारीरिक, मानसिक विकास क्रम सँगै बाल्यकालबाट युवाअवस्थामा आएको हुन्छ त्यस बखत नयाँ–नयाँ वस्तुको प्रयोग,उपयोग गर्न खोज्छ,बुझ्छ र गर्दछ।त्यसबेला उ यस्तो वस्तुमा फँस्छ जहाँ उ सहज उम्कन सक्दैन् जसले नशा र आनन्दमा रमाउन लागुपदार्थ जन्य वस्तुको प्रयोग गर्दछ ।जब यसको प्रयोग गर्दछ ऊ त्यसबाट उम्कन सक्दैन् । उसलाई लतनै बसेका कारण छोड्न गाह्रो हुने गर्दछ । जसका कारण मृत्युको मुखमा समेत पुग्दछ जून हामीले देखिरहेका, भोगीरहेका पनि छौँ ।

विशेषगरी कलेज स्तरका विद्यार्थीहरु वा “जेन-वाई देखि जेन -जी पुस्ता” साथी संगतको लहै–लहैमा पार्टी, डिस्को भनि बियर, रक्सी तथा अन्य प्रकारका लागु पदार्थको सेवन गर्न थाल्छ । फिल्म तथा टि.भीमा देखाइएको बिज्ञापन हेरेर महङ्गा वस्तुहरुको प्रयोग युवा अवस्थामा गर्ने गर्दछ । गाँजा,चरेस, फोट्विन, प्रोक्सिवन, नाइट्रोसन, टिडी जेसिक, डाइजिपाम, नाइट्रोभ्याट, प्रोक्सीभोन,मर्फिन, कोडिन,कोरेक्स, फेन्सीडिल, फेनकोडिन, नो–कफआदि नशालु औषधी एवं लागुपदार्थ सेवन गरिरहेका हुन्छन् । यो खालको प्रयोग ग्रामीण क्षेत्रको तुलनामा भन्दा शहरी क्षेत्रमा बढी भएको पाइन्छ । यसको प्रयोगले एचआईभी एड्सको संक्रमणको जोखिम पनि बढाएको छ ।

केहि क्षणको आनन्दका लागि युवाहरुले आफनो उज्वल भविष्य माथी नै खेलवाड गरिरहेका हुन्छन् अन्ततःमृत्युलाई अँगाल्न पुग्दछन् । यो प्रयोग गर्नका लागी पैसा खाँचो पर्ने हुँदा यसको ओसार–पसार ठूला शहरी क्षेत्रमा बढीभएको पाइन्छ । यसलाई तुरुन्त निराकरण गर्न अतिआवश्यक छ । अझ भन्नु पर्दा सबैभन्दा बढी त गाँजा, चरेस, हेरोइन, अफिम, ब्राउन सुगर, मर्फिन, कोकिन जस्ता लागुपदार्थ नेपालको सिमाना क्षेत्रमाओसारपसार भएको पाइन्छ र त नेपाल ट्रान्जिट पोइन्ट नै बनेको भान हुन्छ लागूपदार्थ ओसारपसारको।

नेपालमा लागुपदार्थ दुव्र्यसनीहरु नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा डेढ़लाखभन्दा बढी रहेको पाइन्छ अझ यो झन–झनबढ्दो क्रममा छ । लागू औषध प्रयोगकर्ताको वार्षिक औसत वृद्धिदर ५.०६ प्रतिशत अनुमान आँकलन गरिएको छ । लागुपदार्थ दुव्र्यसनी सम्बन्धी नाटक, र्याली गरेपनि यसको प्रयोग गर्ने भने दिनदिनै बढ्ने क्रममा छन् । कलेजस्तरका युवायुवतिहरु पढ्दै गर्दा यस्ता लतमा लागेका कारण बीचमानै पढाईलाई छोडीरहेका छन् । एकछिनको मज्जा र रमझममा आफनो पढाईलाई जोखिममा मोलिरहेका छन् । हतारमा नशालु पदार्थ टी.टी.जस्ता कार्य गर्दा एकलेअर्काको प्रयोग गर्ने, साटासाटगर्दा त्यहि सुई प्रयोग गरेका कारण एक व्यक्तिको रोग अर्को व्यक्तिमा सहजरुपमा सर्ने गदर्छ र विभिन्नखालका रोगहरु लाग्ने गदर्छ । शरीरमा आलश्यता, बोलिमा अस्पस्टता, आँखा रातो हुने, बिरामीहने लक्षणहरुपनि देखिने गदर्छ ।

लागुपदार्थ दुव्र्यसनका विभिन्न कारकतत्वहरु छन् । व्यक्तिगत र अन्तरवैयक्तिक कारकहरु –(Personal and interpersonal FactorsPersonal and interpersonal Factors),साथी समुहका कारकहरु(Peer group Factors),परिवारजन्य कारकहरु (School Factors),विद्यालयजन्य कारकहरु– (Community Factors),समुदायजन्य कारकहरु यस्तो खालको कारकतत्वले मुख्य प्रभाव पारेको हन्छ लागु पदार्थ सेवन गर्नेमा जोड दिनकालागि ।

युवाहरु एकले अर्कालाई कस्तो छ भनि अनुभवका लागी पनि यस्ता लागुपदार्थको प्रयोग गरेका हुन्छन्।किशोर किशोरीहरु भन्दछन–‘जन्मे पछि हामीले सम्पूर्ण वस्तुको अनुभवगर्नु पदर्छ’भनि यो लतमाफस्दछन् । यसमा अझ धनाढ्य परिवारका छोराछोरीहरु बढी फसेको पाइन्छ ।आफना बाबु आमाले हरेकइच्छा पुरा गरिदिँदा यो लतमा फस्दछन् । यो लतमा परेका व्यक्तिहरु हरबखत यसको नशाचाहिने हुदाँ पैसा नभएको बेला घरका सामानचोरी गर्ने, बेचेर वाडकैती गरेर पनि आफनो नशा पुरा गर्न लागी परेका हुन्छन् ।यस्ता किसिमका क्रियाकलापले सामाजिक विकृति पनि बढ्दै जाने हुन्छ । बलात्कार,हिँसा, चोरी,डकैती जस्ता अनैतिक क्रियाकलाप बढि हुने हुन्छ । घरपरिवारमा झगडा हुने हुदाँ मानसिक असन्तुलनका कारण लतलाई हटाउन नसकेकाले आत्महत्या जस्तो कामपनि गर्दछ ।

‘असम्भव भन्ने शब्दनै हुँदैन’ भनेर नेपोलियनले त्यसै भनेका छैनन् । आफुले हिम्मत राखे लागु पदार्थलाई छोड्न सकिन्छ र आफनो सुन्दर भविष्य बनाउन सकिन्छ । हाल लागुपदार्थ छोड्नका लागी भनेर पूर्नस्थापना केन्द्रपनि स्थापना भइराखेको छ जसले गर्दा लागु पदार्थमा लागेका व्यक्तिलाई स्याहार, सुसार एवं परामर्श गरी उक्त लतबाट हटाउन प्रेरित गर्न यो खालका सघं संस्था खोलिएका पनि छन् ।

लागु पदार्थको प्रयोग समाजका समस्या हुन् जसलाई बिधालय, कलेजका युवायूवतिहरुलाई परामर्श दिई तालिम, गोष्ठी गरी सहि बाटोमा लाग्न प्रेरित गर्नु पर्दछ । बालबालिकाहरु, युबाहरुलाई दुव्र्यसनीमा लाग्नु भन्दा अगाडि नै सावधानी अपनाउनु अतिउत्तम हुन्छ । साथै सरकारले पनि नशालु पदार्थको ओसारपसार, बिक्री बितरणमा रोक लगाउनु पर्दछ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।