प्रहरी हौं भन्दै लुटपाट गर्ने गिरोह पक्राउ, १० लाख ९५ हजार रुपैयाँ लुटिएको खुलासा

काठमाडौं । आफूलाई प्रहरी भएको भन्दै डर–त्रास देखाएर नगद तथा अन्य सामग्री लुटपाट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत असार ९ गते बेलुका करिब ७ बजे काठमाडौं महानगरपालिका–१६ वनस्थलीमा डेरा गरी बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तानको कोठामा घटना भएको थियो।

प्रहरीका अनुसार सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ घर भएका धनबहादुर मोक्तान जग्गा खरिदको सिलसिलामा काठमाडौं आएका बेला ५/६ जनाको समूहमा पुगेका व्यक्तिहरूले आफूहरू प्रहरी भएको भन्दै डर, त्रास र धम्की दिएका थिए। उनीहरूले धनबहादुरलाई नियन्त्रणमा लिएर हतकडीसमेत लगाई उनको साथमा रहेको १० लाख ९५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा सिद्धार्थ बैंकका खाली चेकहरू लुटेर फरार भएका थिए।

घटनापछि फरार आरोपितहरूको खोजतलासका क्रममा प्रहरीले असार १४ गते काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भई धापासी बस्दै आएका ४३ वर्षीय रामशरण दमाई, काठमाडौं टोखा नगरपालिका–१ का ३८ वर्षीय सविन खवास, पर्साको ठोरी गाउँपालिका–४ घर भई हाल गौरीघाट बस्दै आएकी ४३ वर्षीया लक्ष्मी गोले र सिन्धुली घ्याङलेख गाउँपालिका–५ घर भई वनस्थली बस्दै आएका ४६ वर्षीय शेरबहादुर मोक्तान रहेका छन्।

प्रहरीले आरोपितहरूको साथबाट एक हजार दरका २०० थान नेपाली नोट अर्थात् २ लाख रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖