संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर घाइते वृद्धको विराटनगरमा मृत्यु

विराटनगर । संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ।

मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवाका ६८ वर्षीय बागसिङ कार्की रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार खेतमा पानी ल्याउन कुलोको मुहान सफा गरी घर फर्किने क्रममा सोमबार दिउँसो करिब ४ बजे भिरबाट खसेको ढुंगाले कार्कीको टाउकोमा प्रहार गरेको थियो।

घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याइपुर्‍याएलगत्तै चिकित्सकले मंगलबार बिहान करिब ४ बजे उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖